PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

मुस्लिम आयोगले भन्यो : कुनै पनि मस्जिद र मदरसाहरुमा जमाती लुकेका छैनन्



पहिलोपोस्ट

मुस्लिम आयोगले भन्यो : कुनै पनि मस्जिद र मदरसाहरुमा जमाती लुकेका छैनन्

काठमाडौं : राष्ट्रिय मुस्लिम आयोगले कुनैपनि मस्जिद र मदरसाहरुमा जमाती लुकेर नबसेको निष्कर्ष निकालेको छ। आइतवार मुस्लिम आयोगको कार्यालयमा भएको सर्वपक्षीय छलफलले उक्त निष्कर्ष निकालेको हो।

आयोगका अध्यक्ष समिम मिया अन्सारीले नेपालको सद्भावमाथि खलल पुर्‍याउने तत्वहरुले सामाजिक सञ्जालमा जमातीहरु लुकेर बसेको आरोप लगाएको बताए। यसअघि नै कुन ठाउँमा कति जमाती रहेका छन् भन्ने कुराको जानकारी गृह मन्त्रालय र प्रत्येक जिल्ला प्रशासन कार्यालयहरुमा पठाइएको उनको भनाइ छ।

आयोगको सर्वपक्षिय बैठकले मस्जिद र मदरसा रहेका जिल्लामा अनुगमन गर्न प्रतिनिधिमण्डल बनाउने निर्णय पनि गरेको छ। प्रतिनिधिमण्डलले मदरसा र मस्जिद रहेका जिल्लामा हुने अनुगमनमा प्रहरी र जिल्ला प्रशासन कार्यालयहरुलाई सहयोग गर्ने अध्यक्ष मियाले जानकारी दिए।

मुलुक कोभिड-१९ संक्रमणको जोखिमसँग लडिरहेका बेला विभिन्न इस्यु बनाएर जातिय द्वन्द्व फैलाउने काम भएकोप्रति आयोगले आपत्ति समेत व्यक्त गरेको छ। उदयपुर र पर्साको मस्जिदमा रहेका जमातीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि मुस्लिम समुदायका व्यक्तिहरु कोरोना भाइरस फैलाउन उद्त रहेको आरोप लाग्दै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell