PahiloPost

Jul 21, 2026 | ५ साउन २०८३

ग्यासमा कालोबजारी गर्ने धनगढीका एक व्यवसायीलाई तीन लाख जरिबाना



एम बम

ग्यासमा कालोबजारी गर्ने धनगढीका एक व्यवसायीलाई तीन लाख जरिबाना

कैलाली : धनगढीमा ग्यासमा कालोबजारी गर्ने एक व्यवसायीलाई तीन लाख जरिबाना गरिएको छ।

ग्राहकबाट बढी शुल्क असुलेर ग्यास सिलिन्डर बिक्री गरेको अभियोगमा धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मट्यारीमा रहेको शुभ समैजी ग्यास सप्लार्यसका सञ्चालक हेमन्ती पाललाई तीन लाख जरिबाना गरिएको वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले जनाएको छ।

कार्यालयका प्रमुख कमल पुन मगरले संयुक्त अनुगमनका क्रममा सप्लायर्सले ग्राहकबाट एक हजार तीन सय ४० पर्ने ग्यास सिलिन्डरलाई एक हजार तीन सय ७५ रुपैयाँ लिएर बिक्री गरेको पाइएपछि जरिबाना गरिएको जानकारी दिए।

सप्लार्यसले चैत १ गतेदेखि वैशाख ६ गतेसम्म बिक्री गरेका एक हजार एक सय ४४ थान सिलिन्डरको बिल समेत जारी गरेको नभेटिएको प्रमुख पुन मगरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell