PahiloPost

May 15, 2024 | २ जेठ २०८१

घर जान पाउँदाको खुसी...

घर जान पाउँदाको खुसी...

अमित मचामसी/पहिलोपोस्ट


कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनले दैनिक मजदूरी गर्नेहरु अलपत्र परेका छन्। देशका विभिन्न जिल्लामा मजदूरी गर्न गएकाहरु अहिले आफ्नो घरसम्म पुग्न भोक र निन्द्रा नभनेरै दिनरात पैदल हिँडिरहेका छन्।

धेरै स्थानहरुमा यसरी पैदल हिँडेर घर फर्किरहेकाहरुलाई स्थानीय तहहरुले खाना तथा बासको व्यवस्था गरेका छन्। केहीले उनीहरुलाई घरसम्म पुर्‍याउने व्यवस्था पनि गरेका छन्। आइतबार बिहान काभ्रेबाट हिँड्दै भक्तपुर आइपुगेका ५७ जनालाई स्थानीय ‘सिपाडोल क्षेत्र परोपकार समाज’ र ट्राफिक प्रहरीको सहकार्यमा घर फर्किने व्यवस्था गरिएको छ।

घर जान गाडीको व्यवस्था हुँदा यात्रुहरु खुसी देखिन्थे। घर जान सहयोग गर्नेलाई धन्यवाद भन्दै पनि थिए, उनीहरु। सिपाडोल क्षेत्र परोपकार समाजले उनीहरुलाई पानी र केही खानेकुरा दिएर पठाएका थिए।

परोपकार समाजले शनिबारदेखि मेस राखेरै यात्रुलाई खाना खुवाउन थालेको छ। यात्रुहरुका लागि स्वास्थ्य जाँच, खाना र बस्नको व्यवस्था गरेको छ। घर जान चाहनेलाई खाद्यान्नका गाडीहरु रोकेर त्यसमा पठाउने पनि गरिएको छ।

‘अब एक दुई दिन यसरी नै गाडी रोकेर पठाउँछौँ, यसरी सम्भव नभए हामी आफ्नै संस्थाबाट यात्रुलाई घरसम्म पुर्‍याउने व्यवस्था गर्नेछौँ,’ यात्रुको सहयोगमा खटिएका एक स्वयंसेवकले भने।



ट्रेन्डिङ पोस्ट

Ncell