PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

छिमेकी जिल्लामा कोरोना देखिएपछि हप्तादिनका लागि खोटाङ प्रवेश गर्ने सबै नाका बन्द



रासस

छिमेकी जिल्लामा कोरोना देखिएपछि हप्तादिनका लागि खोटाङ प्रवेश गर्ने सबै नाका बन्द

खोटाङ : कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न जिल्ला समन्वय समिति खोटाङले जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका हप्तादिनका लागि बन्द गरेको छ। छिमेकी जिल्ला उदयपुरमा १२ जना संक्रमित भेटिएसँगै खोटाङ पनि उच्च जोखिममा रहेको ठहर गर्दै समितिको आइतवार बसेको बैठकले जिल्ला प्रवेश गर्ने नाका सात दिनलाई रोक्ने निर्णय गरेको हो।

दैैनिक उपभोग्यवस्तु भित्र्याउने तथा विभिन्न बहानामा बाहिरी जिल्लाका स्थानीय बासिन्दा जिल्ला भित्रिने क्रम बढ्दै गएकाले नाका बन्द गरिएको समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए।

‘नाका खुला हुँदा बाहिरी जिल्लासँगको आवतजावत जारी रहने र संक्रमण फैलिन सक्ने सम्भावना बढी देखिएको छ’, उनले भने, ‘विश्वभर महामारीको फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका शिलबन्दी गरिएको हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell