
भारतको राजधानी दिल्लीमा शनिवार थप २ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भयो। यससँगै त्यहाँ मृत्यु हुनेको संख्या ४५ पुगेको छ।
त्यस्तै दिल्लीमा १ सय १० जना नयाँ संक्रमित देखिए। हालसम्म त्यहाँ संक्रमितको संख्या २ हजार ३ पुग्यो।
संक्रमित २ सय ९० जना भने उपचारपछि ठीक भएर घर फर्किएका एसियन न्यूज इन्टरनेशनलले तथ्याङ्क ट्वीटमार्फत् सार्वजनिक गरेको छ।
With 110 new #COVID19 cases and 2 deaths reported today in Delhi, the total number of positive cases in Delhi till date rises to 2003 and the death toll increased to 45: Government of Delhi pic.twitter.com/BJJ2l7x3x5
— ANI (@ANI) April 19, 2020