PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

छोरीको हत्या गरी बच्नका लागि आत्महत्याको बाहना, तीन सातापछि समातिए बाबु



पहिलोपोस्ट

छोरीको हत्या गरी बच्नका लागि आत्महत्याको बाहना, तीन सातापछि समातिए बाबु

काठमाडौं : प्रहरीले छोरीको हत्याको अभियोगमा एक जना बाबुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंज महनगरपालिका वडा नम्बर १ छपकैया टोल बस्ने संजय सरार्फलाई नियन्त्रणमा लिएको हो।

सरार्फले चैत ११ गते दिउँसो आफ्नी ७ वर्षीया छोरीको हत्या गरेको खुलेपछि नियन्त्रणमा लिएको थियो।

चैत ७ गते ७ वर्षीया बालिकाले घरको माथिल्लो कोठामा रहेको भित्ताको किलामा सल कपडाको पासो आत्महत्या गरेको भन्दै बाबुले तत्कालै उपचारको लागि नारायणी अस्पतालमा पुर्‍याएका थिए। तर, अस्पताल नपुग्दै बालिकाको मृत्यु भइसकेको थियो।

प्रहरीको अनुसन्धानमा आत्महत्या नगरेको नभइ बाबुले नै घाँटी थिचेर मारेको र आफुले गरेको अपराधबाट बच्न आत्महत्याको नाटक गरेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell