PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

शैली थिएटरको आयोजनामा ‘विश्व बाल कविता महोत्सव–२०७७’



पहिलोपोस्ट

शैली थिएटरको आयोजनामा ‘विश्व बाल कविता महोत्सव–२०७७’

काठमाडौं : विश्व स्तरीय बाल कविता प्रतियोगिता आयोजना घोषणा भएको छ। शैली थिएटरले संस्थागत विद्यालय संघ, नेपाल (इसान)सँगको सहकार्यमा ‘विश्व बाल कविता महोत्सव–२०७७’ आयोजना गरेको हो।

लकडाउनका कारण घरमै रहेका बालबालिकालाई सिर्जनशील बनाउनका लागि कविता प्रतियोगिता आयोजना गरेको कार्यक्रम निर्देशक नवराज बुढाथोकीले बताए।

उनले भने, ‘विश्वका अधिकांश देशमा लकडाउन भएकाले त्यहाँ रहेका नेपाली बालबालिकालाई समेत जोड्नका लागि यस प्रतियोगितताको दायरा फराकिलो पारेका हौं।'

उनका अनुसार नेपालमा एसइई तयारी गरिरहेका वा त्यसभन्दा तलको कक्षामा अध्ययानरत् विद्यार्थीले नेपाली भाषाको कविता पठाउन सक्नेछन्।

कविता पठाउने अन्तिम मिति बैशाख मसान्त तोकिएको छ।

कविता लिखित र प्रतियोगीले नै वाचन गरेको भिडियोगरी दुवै संरचनामा पठाउनु पर्ने उनले बताइन्। भिडियो अधिकतम् ४ मिनेटभन्दा लामो हुन नमिल्ने समेत जनाइएको छ।

हरेक वर्ष राष्ट्रिय बाल नाटक महोत्सव गरिरहेको शैलीले यस वर्षदेखि कविता महोत्सव पनिसँगै लिएर जाने योजना बनाइरहेको सह–निर्देशक सुवास सुवेदीले बताए। उनका अनुसार राष्ट्रिय बाल नाटक महोत्सवको समयमा प्रतियोगितामा उत्कृष्ट २० कविताले वाचनको मौका पाउनेछन् भने उत्कृष्ट ५ कविता पुरस्कृत हुनेछन्।

प्रतियोगितमा कविता पठाउन शैलीले इमेल ठेगाना [email protected] वा फोनमार्फत् सम्पर्क गर्नु पर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell