PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

लकडाउनको २८ औं दिन : बिहानै १२ सय मानिस कारबाहीमा



पहिलोपोस्ट

लकडाउनको २८ औं दिन : बिहानै १२ सय मानिस कारबाहीमा

काठमाडौं : सोमवार बिहानसम्म काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघन गर्ने १२ सय २९ जना मानिसलाई प्रहरीले कारबाही गरेको छ।

८ सय ७६ जना पुरुष र ३ सय ५३ जना महिलालाई कारबाही गरिएको प्रहरीले जानकारी दिएको छ।

गत चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाको बारेमा जनचेतना दिने गर्दछ। अत्यआवश्यक काममा घर बाहिर निस्कनु परे प्रहरीलाई सम्पर्क गरेर निस्कन प्रहरीले अनुरोध गरेको छ।

त्यस्तै आज बिहान ८ बजेसम्म लकडाउन उल्लंघन गरि कुदाएका ८४ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell