
काठमाडौं : २८ दिनदेखि देशक लकडाउनमा छ। धेरै मानिस फुर्सदिला बनेका छन्। त्यसैले पनि होला अहिले समाजिक सञ्जालमा लकडानदेखि विभिन्न खालका विषयमा ट्रोल धेरै बनेका छन्। यसको शिकार गायिका आस्था राउत पनि बनेकी छिन्।
केही समय अगाडि विमानस्थलमा प्रहरीसँगको विवादका कारण चर्चामा आएकी गायिका राउतको यही विषयलाई लिएर विभिन्न ट्रोल बनेको थियो। विभिन्न फोटोहरु काटेर ट्रोल बनाएपछि लकडाउनको कारण घरमा नै रहेकी गायिका राउतले प्रहरीलाई गुहारेकी छिन्।
उनले महानगरीय प्रहरी परिसर काठमाडौंमा मौखिक उजुरी दिएकी हुन्।
'उहाँले घरबाट नै फोन गरेर जानकारी दिनु भएको हो। हामीले ट्रोल बनाउने युवकलाई कारबाही दायरामा ल्याएका छौं,' परिसरका डिएसपी होविन्द्र बोगटीले भने।
रोल्पा घर भई काठमाडौं बस्दै आएका युवकलाई प्रहरीले कारबाही गरेको हो। उनले यसअघि पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको पनि ट्रोल बनाएको खुलेको छ।