PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

गुहेश्वरीमा बोराभित्र शव, तलासी गर्दा गोजीमा भेटियो पाँच सय रुपैयाँ



पहिलोपोस्ट

गुहेश्वरीमा बोराभित्र शव, तलासी गर्दा गोजीमा भेटियो पाँच सय रुपैयाँ
फाइल फोटो

काठमाडौं : प्रहरीले आइतवार गुहेश्वरी क्षेत्रमा बोरा भित्र शव फेला पारेको छ।

गहेश्वरी क्षेत्रमा रहेका वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय नजिकै झाँडीमा बोराले छोपिएको अवस्थामा शव फेला पारेको हो। शवको सनाखत भने हुन सकेको छैन। अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको हो। निलो रंगको जिन्स पाइन्ट लगाएको, खुट्टामा कुनै पनि जुत्ता चप्पल नभएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

'सनाखत हुन सकेको छैन। शरिर खानतलासी गर्दा पाँच सय रुपैयाँ मात्र फेला पर्‍यो। अरु केही भेटिएन,' डिएसपी बोगटीले भने। शरीरमा कुनै पनि चोटपटक नलागेको प्रहरीले जानकारी दिएको छ। बोरामा शवदेखपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए।

शवको प्रकृति हेर्दा ८/१० दिनअघि मृत्यु भएको हुनसक्ने देखिन्छ।' मृत्यु वा हत्या के हो खुल्नसकेको छैन। आज पोष्टमार्टको लागि पठाउँछौं।' डिएसपी बोगटीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell