PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

सीमादेखि सडकसम्मको गस्तीमा सशस्त्र प्रहरी

सीमादेखि सडकसम्मको गस्तीमा सशस्त्र प्रहरी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : विश्वमा देखिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्नका लागि सीमा नाकामा थप सुरक्षाकर्मी खटाइएको छ।

सशस्त्र प्रहरीले सीमा नाकामा थप सुरक्षा कडाइ गरिरहेको छ। पछिल्लो समय गृहमन्त्रीको निर्देशनमा ८ हजार सशस्त्र प्रहरी थप परिचान गरिएको छ। त्यस्तै ८७ वटा 'बोर्डर आउट पोष्ट' (बिओपी) को सङ्ख्या थप गरेर १ सय २० पुर्‍याइएको छ। भारतसँग १ सय १९ वटा बिओपी भएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी प्रविन कुमार श्रेष्ठले जानकारी दिए। पछिल्लो समय ताप्लेजुङको किमाथाङ्का नाकामा एउटा बिओपी थप गरिएको छ।

अहिले सीमामा मात्र २२ हजार भन्दा बढी सशस्त्र प्रहरी खटिएका छन्। त्यस्तै चेक प्वाइन्टको सङ्ख्या पनि बढाएर १२ सय १३ पुर्‍याइएको छ। सीमादेखि सडकसम्म सशस्त्र प्रहरी परिचालन गरिएको डिआइजी श्रेष्ठले बताए।

'प्रत्येक ढेड किलोमिटरको दुरीमा चेक प्वाइन्ट राखिएको छ। सीमा सुरक्षा कडाइ गरिएको छ,' डिआइजी श्रेष्ठले भने।

त्यस्तै, कोरोनाको रोकथाम र उपचारको लागि पनि सशस्त्र प्रहरीका चिकित्सकहरु खटिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell