PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

पहिलो पटक रसियन 'रोयल फ्लाइट' नेपालमा ल्यान्ड, १ सय ४३ रसियन लिएर फर्किँदै



पहिलोपोस्ट

पहिलो पटक रसियन 'रोयल फ्लाइट' नेपालमा ल्यान्ड, १ सय ४३ रसियन लिएर फर्किँदै

काठमाडौं : आफ्ना नागरिकलाई स्वदेश फर्काउनका लागि रुसी राजदुतावासको पहलमा सोमवार चार्टर उडान हुँदैछ।

रसियाको जोइन्ट स्टक कम्पनीद्वारा संचालित चार्टर वायुसेवा कम्पनी रोयल फ्लाइट एयरलाइनसमार्फत एक सय ४३ यात्रु लिन आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

‘यो चार्टर उडान रसियन एम्बेसीले गरेको छ। रोयल फ्लाइट एयरलाइन्सको बोइङ ७५७ मार्फत रसियन नागरिक लिन आएको हो,’ प्रवक्ता क्षेत्रीले भने।

विमानले दिउँसो १२:३० बजे काठमाडौं-रसिया उडान गर्ने योजना रहेको छ।

प्राधिकरणका अनुसार नेपालमा रोयलको यो पहिलो उडान रहेको छ। कोभिड-१९का कारण लक डाउन लागू भएपछि यस अघि नेपाली आकाशमा पहिलोपटक बेलायतको टाइटान एयरवेजले पनि चार्टर उडान गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell