PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

आफ्ना नागरिक लिएर रोयल फ्लाइट एयरलाइनको विमान रसिया फर्कियो



पहिलोपोस्ट

आफ्ना नागरिक लिएर रोयल फ्लाइट एयरलाइनको विमान रसिया फर्कियो

काठमाडौं : राजदुतावासको पहलमा सोमवार नेपाल आएको विमान आफ्ना नागरिकलाई लिएर फिर्ता भएको छ। रसियाको जोइन्ट स्टक कम्पनीद्वारा संचालित चार्टर वायुसेवा कम्पनी रोयल फ्लाइट एयरलाइनसमार्फत एक सय १० यात्रु लिएर साढे दिउँसो १२ बजे स्वदेश फिर्ता भएको हो।

‘१ सय १० जना रसियन नागरिक लिएर विमान फिर्ता भइसकेको छ।' त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले भने।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा रोयलको यो पहिलो उडान रहेको छ। कोभिड-१९का कारण लक डाउन लागू भएपछि यस अघि नेपाली आकाशमा पहिलोपटक बेलायतको टाइटान एयरवेजले पनि चार्टर उडान गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell