PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

लकडाउन कार्यान्वयन नयाँ तरिकाः घरबाहिर निस्कनेलाई खादा लगाएर सम्मान



पहिलोपोस्ट

लकडाउन कार्यान्वयन नयाँ तरिकाः घरबाहिर निस्कनेलाई खादा लगाएर सम्मान

काठमाडौं: बुढानिलकण्ठ नगरपालिकाको १० नम्बर वडाले लकडाउनका बेला बिना काम सडकमा निस्कनेलाई खादा लगाएर सम्मान गर्ने अभियान थालेको छ। लकडाउन उल्लंघन गर्नेहरुलाई सचेतना जगाउँदै खादा लगाएर सम्मान गर्ने अभियान सुरु गरिएको वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए। वडाले स्वयंसेवक परिचालन गरेर शनिवारबाट व्यंग्यात्मक रुपमा उक्त अभियान सुरु गरेको हो। भारतमा समेत यो अभियान चर्चित र प्रभावकारी देखिएको छ।

'लकडाउनको उल्लंघन गर्दै बाटोमा रमिता हेर्न निस्किएकालाई खादा लगाएर सम्मान गरेका हौं। यो अभियानले उहाँहरुलाई अर्कोपटक बिना काम घरबाहिर ननस्किने बनाउन मद्दत गर्छ। यसका लागि हामीले स्वयम्सेवक नै परिचालन गरेका छौं।' वडाले खाद्यान्नलगायत अतिआवश्यक वस्तुहरुको खरिदका लागि विहानको समय तोकेको छ। उक्त समयमा काम नै नभए पनि के हुँदैछ भनेर निस्किएकालाई पहिचान गरी खादा लगाइएको भट्टराईले जानकारी दिए।

त्यस्तै वडामा लकडाउनले एक छाक खान पनि धौ धौ परेकाहरुलाई खानाको व्यवस्था गरिएको उनले बताए। उनका अनुसार स्वयम्सेवकहरुले ठाउँ ठाउँमा खाना पुर्‍याइरहेका छन्।

'खान समस्या हुनेहरुलाई खाना पुर्‍याउन एउटा घरमा भएका सदस्यभन्दा दुई जना बढीलाई खाना बनाएर अर्को घरमा पुर्‍याउँदै आएका छौं। बिहान खान समस्यामा परेकाहरु ८० जनलाई खाना खुवाउन थालेका छौं। त्यस्तै बेलुकी ४ सय जतिलाई एकैठाउँमा खाना बनाएर डिमान्ड अनुसार स्वयम्सेवक मार्फत् ठाउँठाउँमा पुर्‍याइरहेका छौं,' उनले भने। 

खाना भने वडाबाट नभएर इच्छाएका व्यक्तिहरुको खर्चमा खुवाइएको अध्यक्ष भट्टराईले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell