PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

लकडाउनको पालना गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री आफ्ना पिताको अन्तिम संस्कारमा सहभागी नहुने



पहिलोपोस्ट

लकडाउनको पालना गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री आफ्ना पिताको अन्तिम संस्कारमा सहभागी नहुने

लखनऊ : भारतको उत्तर प्रदेशका मुख्मन्त्री योगी आदित्यनाथ आफ्ना पिताको अन्तिम संस्कारमा सहभागी नहुने भएका छन्। कोभिड-१९ विरुद्ध जुधिरहेको भारतमा यतिबेला लकडाउन गरिएको छ। लकडाउनको पालना गर्दै गृहनगर पौड़ीमा हुने उनका पिता आनंद सिंह बिष्टको अन्तिम संस्कारमा सहभागी नहुने उनले घोषणा गरेका हुन्

मुख्यमन्त्री आदित्यनाथले आफ्नो परिवारका नाममा पत्र लेख्दै आफू कोरोना भाइरस विरुद्ध लडिरहेको भन्दै पिताको अन्तिम संस्कारमा सहभागी नहुने बताएका छन्। उनले आफ्नी आमालाई पत्र लेख्दै लकडाउनको पालना गर्दै कमसेकम मानिसहरुलाई अन्तिम संस्कारमा सहभागी बनाउन भनेका छन्।

'पितालाई मेरो श्रद्धांजली। म अन्तिम संस्कारमा सहभागी हुने छैन,' उनले आमालाई पत्र लेख्दै भनेका छन्, 'लकडाउनको पालना गर्दै अन्तिम संस्कारमा कम से कम व्यक्ति सहभागी हुन्।'

उनले आफू लकडाउन समाप्त भएसँगै भेट गर्न आउने आमालाई भनेका छन्। उनका पिताको भोलि पौड़ीमा अन्तिम संस्कार हुँदै छ। 'मेरो पनि पितालाई अन्तिम पटक भेट्ने इच्छा छ। तर कोरोना भाइरस विरुद्धको लडाइका कारण म आउन सकिन्,' उनले लेखेका छन्।

दिल्ली स्थित एम्स अस्पतालमा निधन भएका उनका पिताको पार्थिव शरिर उनको पैतृक गाउँ पंचूर यमेकेश्वर जनपद पौड़ी लगिँदै छ। दिल्लीबाट योगी आदित्यनाथका कान्छा भाइ महेन्द्र विष्ट उनको पार्थिव शरीर लिएर जाँदै छन्। यद्यपि, अन्तिम दाहसंस्कार गरीने थल नदी नजिकै दुई वटा हेलिप्याड भने बनाइएको छ।

उनका पिताको निधन हुँदा उनी कोरोना भाइरस संक्रमण विरुद्ध लड्न तयार भएको कमिटीको बैठकमा उनी थिए। उनले बैठकमा सबै अधिकारीहरुलाई कोटादेखि फर्किने सबैलाई होम क्वारेन्टाइनमा राख्न निर्देशन दिए। उनीहरुलाई त्यहाँबाट मोबाइलमा आरोग्य सेतु एप डाउनलोड गरेपछि मात्र घर जान दिइने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell