PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

राष्ट्रियसभा अध्यक्षले हल निरीक्षणपछि भने, 'सामाजिक दूरी कायम हुने गरी बैठक कक्ष बनाउनु होला'



पहिलोपोस्ट

राष्ट्रियसभा अध्यक्षले हल निरीक्षणपछि भने, 'सामाजिक दूरी कायम हुने गरी बैठक कक्ष बनाउनु होला'

काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार दिउँसो बानेश्वरस्थित संघीय संसद भवनको बैठक कक्षको निरीक्षण गरेका छन्। कोरोना संक्रमणको त्रास भइरहेको अवस्थामा बजेट अधिवेशन आह्वान भए कसरी बैठक संचालन गर्ने र हलको अवस्था कस्तो राख्ने भन्ने विषयलाई लिएर निरीक्षण गरेका हुन्।

अध्यक्ष तिमिल्सिनाले संघीय संसदको संयुक्त बैठक कक्ष र राष्ट्रिय सभाको बैठक कक्षको अवलोकन गर्दै सामाजिक दूरी कायम हुनेगरी बैठक कक्षको तयारी पार्न निर्देशन दिएका थिए। उनले हलमा सामाजिक दूरी कामय गर्न तीन कुर्सीको बीचको कुर्सी खाली राखेर सांसदहरुलाई बस्नेगरी व्यवस्थापन मिलाउन सचिवालयलाई निर्देशन दिए।

अध्यक्ष तिमिल्सिनाले बजेट अधिवेशन आह्वान भएको अवस्थामा बैठक बस्नका लागि पूर्ण तयारीमा रहन भन्दै सचिवालयलाई भने, 'सामाजिक दूरी कायम हुनेगरी बैठक गर्नका लागि प्रत्येक सांसदलाई मास्क, स्यानिटाइजर र सम्भव भएसम्म स्क्यानिङ मेसिनमै स्यानिटाइज हुने व्यवस्था गर्नू।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell