PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

भर्चुअल साहित्य महोत्सवमा 'लकडाउन लाइफ' बारे बोल्दै कलाकारहरु



पहिलोपोस्ट

भर्चुअल साहित्य महोत्सवमा 'लकडाउन लाइफ' बारे बोल्दै कलाकारहरु

काठमाडौं : गत सोमबारबाट सुरु भएको ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा २०२०’ आज समापन हुँदैछ। समापन सत्रमा कलाकारहरु आफ्नो लकडाउन दैनिकी बारे कुराकानी गर्दैछन्।

'लकडाउन लाइफ : अ सिनेम्याटिक भ्यू' नाम दिइएको सत्रमा कलाकारहरु दयाहाङ राई, केकी अधिकारी, स्वस्तिमा खड्का र नाजिर हुसेन छलफल गर्नेछन्। कार्यक्रमको सहजिकरण रीमा विश्वकर्माले गर्नेछिन्। यस सत्रमा कलाकारहरु कोरोना भाइरसका कारण लागू भइरहेको लकडाउन बारे कुराकानी गर्नेछन्।

सत्र किताब जात्राको आधिकारिक फेसबुक पेजमार्फत् प्रत्यक्ष प्रसारण हुनेछ। फेजमार्फत् नै साँझ छ बजे पुष्पासंगमको सांगितिक प्रस्तुति प्रसारण हुनेछ। साथै कार्यक्रमका हरेक सत्रका रेकर्डेड भिडियोहरु किताब जात्राकै पेजमा हेर्न सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell