PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कोरोनासँग लडिरहेका निक कार्डेरोलाई अर्को पीडा, रक्त सञ्चार रोकिएपछि काटियो खुट्टा



पहिलोपोस्ट

कोरोनासँग लडिरहेका निक कार्डेरोलाई अर्को पीडा, रक्त सञ्चार रोकिएपछि काटियो खुट्टा
Getty Images

कोरोना भाइरसबाट संक्रमित हलिउड अभिनेता निक कार्डेरोको दायाँ खुट्टा काटिएको छ। दुई हप्तादेखि अस्पतालमा उपचाररत् कार्डेरोको खुट्टा काटिएपछि उनको स्वास्थ्यमा क्रमित सुधार भइरहेको सीएनएनले उल्लेख गरेको छ।

ब्रोडवे अभिनेता कार्डेरोकी श्रीमती अमान्डा क्लुट्सले इन्स्टाग्राममार्फत उनको स्वास्थय अवस्थाको जानकारी दिद्ददै आइरहेकी छिन्।

लस एन्जलसको सेडर्स सिनाए मेडिकाल सेन्टरमा भर्ना भएदेखि नै उनको दायाँ खुट्टमा समस्या देखिँदै आएको थियो। खुट्टामा रगत जम्मा भएर उनका औंलामा रगत प्रवाह हुन पाएको थिएन। रगत प्रवाह रोकिँदा उनको रक्तचापमा समस्या उत्पन्न हुनुको साथै आन्द्रभित्र समेत रगत प्रवाह भएको थियो। उनलाई दिइएको औषधीले अझै समस्या उत्पन्न गरेपछि उनको खुट्टा काटिएको बताइएको छ।

'उनको सर्जरी भयो जसले गर्दा उनो शरीरमा थकान महसुस भइरहेको  छ। आशा छ उनी अहिले आराम महसुस गरिरहेका छन्', अमान्डाले भनेकी छिन्

कार्डेरोको उपचारका लागि उनका साथीहरुले गोफन्डमी क्याम्पेनबाट सहयोग रकम जम्मा गर्ने प्रयास गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell