PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

कोरोनाको संकटमा दल फुटाउन सक्ने विधेयकमा सरकारको माथापच्ची



पहिलोपोस्ट

कोरोनाको संकटमा दल फुटाउन सक्ने विधेयकमा सरकारको माथापच्ची

काठमाडौं : सरकारले राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय कमिटी वा संसदीय दलमध्ये ४० प्रतिशत बहुमत भए नयाँ दल गठन गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो। हाल राजनीतिक दलसम्बन्धी व्यवस्थामा संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत भए पार्टी विभाजन गर्न सकिने व्यवस्था छ।

ऐनमा कुनै दलको केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तिमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्तो सदस्यहरू समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन भन्ने व्यवस्था छ।

मन्त्रिपरिषदको आजको बैठकमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell