PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

मजदुरहरु सडकमा दशौं दिन हिँडेर घर जाँदै, प्रधानमन्त्री बालुवाटारभित्रै हिँड्दै



पहिलोपोस्ट

मजदुरहरु सडकमा दशौं दिन हिँडेर घर जाँदै, प्रधानमन्त्री बालुवाटारभित्रै हिँड्दै

काठमाडौं: कोरोना भाइरस संक्रमणको जोखिमले देश लकडाउनमा छ। लकडाउनका कारण रोजिरोटी खोसिएपछि सयौं मजदुर अलपत्र परेका छन्। यातायातका साधन ठप्प भएपछि उनीहरु दशौं दिन हिँडेरै घर गइरहेका छन्। उनीहरुको पीडा र बाध्यताले सरकारलाई छोएन। सरकार उचित व्यवस्थापन गर्नुको साटो भावनामा बगेर हुन्न भनिरहेको छ।

दिनदिनै मजदुरहरु हिँडेर गएका तस्बिर र कथाहरु आइरहेका बेला सोमबार प्रधानमन्त्री केपी शर्मा ओली पनि हिँडेको तस्बिर सार्वजनिक भयो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा 'मन्त्रिपरिषद बैठकमा निवासबाट हिँडेर सचिवालय हलसम्म जानुहुँदै प्रधानमन्त्रीज्यू @ बालुवाटार' भनेर ओली हिँडिरहेको ३ तस्बिर सार्वजनिक गरे।

उनका अनुसार प्रधानमन्त्री ओली बालुवाटारभित्र निवासबाट सचिवालयसम्म हिँडेर गएका हुन्। यति हिँड्दा पनि अफ्ठ्यारो महसुस गरिरहेका ओलीले दशौ दिन हिँड्न बाध्य मजदुरको प्रसंग उठ्दा भने भावनामा बगेर हुँदैन भन्ने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell