PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

संवैधानिक परिषदको गणपुरक संख्या घटाउने अध्यादेश पनि स्वीकृत



पहिलोपोस्ट

संवैधानिक परिषदको गणपुरक संख्या घटाउने अध्यादेश पनि स्वीकृत

काठमाडौँः संवैधानिक परिषदको गणपुरक संख्या घटाउनसम्बन्धी अध्यादेश पनि मन्त्रिपरिषदले स्वीकृत गरेको छ।

अध्यादेश स्वीकृत भएमा अब तीनभन्दा बढी सदस्यको निर्णयबाट पनि पदाधिकारी नियुक्त हुन सक्नेछन्। मन्त्रिपरिषदको सोमबारको बैठकले अध्यादेश स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको हो।

हालको संवैधानिक व्यवस्था अनुसार परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता र उपसभामुख समेत सदस्य हुने व्यवस्था छ। प्रधानन्यायाधीश सिफारिसमा भने कानुनमन्त्री पदेन सदस्य हुने संवैधानिक व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell