PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

लकडाउनका बीच बढ्दो घरेलु हिंसाविरुद्ध आवाज उठाउन बलिउड कलाकारको अपिल



पहिलोपोस्ट

लकडाउनका बीच बढ्दो घरेलु हिंसाविरुद्ध आवाज उठाउन बलिउड कलाकारको अपिल

मुम्बई : कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ। कोरोनाको त्रासका कारण बलिउड पनि ठप्प छ। यसैबीच लकडाउनको समयमा बढ्दो घरेलु हिंसाविरुद्ध आवाज उठाउन बलिउड कलाकारहरुले अपिल गरेका छन्

पछिल्लो समय लकडाउनको समयमा बढिरहेको घरेलु हिंसाविरुद्ध आवाज उठाउन बलिउड कलाकारहरु मात्र नभएर खेलाडीहरु समेत अघि सरेको देखिएको छ। हालै सार्वजनिक एक भिडियोमा अभिनेत्री अनुष्का शर्मादेखि क्रिकेटर विराट कोहलीलगायतले महिला हिंसाविरुद्ध आवाज उठाउन र दुर्व्यवहार भएको देखेमा उजुरी गर्न आग्रह गरेका छन्।

उक्त भिडियोमा अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीसँगै फरहान अख्तर, करण जोहर, माधुरी दिक्षित, विद्या बालन, राहुल बोस लगायतले घरेलु हिंसाविरुद्ध आवाज उठाउन सबैलाई आग्रह गरिरहेका छन्। भिडियो मार्फत उनीहरुले लकडाउनको कारण घरेलु हिंसा बढिरहेको बताएका छन्।

उनीहरुले भिडियोमा भनेका छन्, ‘हामी सबै मिलेर घरेलु हिंसामाथि लकडाउन गरौं। यदि तपाई घरेलु हिंसाबाट पीडित हुनुहुन्छ भने प्रहरीमा उजुरी गर्नुहोस्। यो घरेलु हिंसाविरुद्ध आवाज उठाउने समय हो।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell