PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

कांग्रेस प्रवक्ताले भने: कोरोनामाथि विजय हासिल गर्ने बेला `बेमौसमी बाजा´ नबजाऔं



पहिलोपोस्ट

कांग्रेस प्रवक्ताले भने: कोरोनामाथि विजय हासिल गर्ने बेला `बेमौसमी बाजा´ नबजाऔं

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संकटका बेला भएका पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाएका छन्।

राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन र संवैधानिक परिषदको गणपुरक संख्या घटाउने अध्यादेश ल्याउने निर्णयलाई बेमौसमी बाजा भन्दै शर्माले अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हुनुपर्नेमा जोड दिएका छन्।

'नेपाल देशका लागि पनि यतिबेला अन्य सबै बिषय गौण छन्। गौण रहनुपर्छl हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्छ,' शर्माले ट्वीटरमा भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell