PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

औषधि तथा स्वास्थ्य सामग्रीको कालोबजारी गर्ने दुई पसललाई २ लाख जरिबाना



पहिलोपोस्ट

औषधि तथा स्वास्थ्य सामग्रीको कालोबजारी गर्ने दुई पसललाई २ लाख जरिबाना
फोटो : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग/फेसबुक।

काठमाडौं : औषधि तथा स्वास्थ्य सामग्रीको कालोबजारी गर्ने दुई पसललाई २ लाख रुपैयाँ जरिबाना गरिएको छ। सोमवार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा औषधि तथा स्वास्थ्य सामग्रीको कालोबजारी गरेको पाइएपछि दुई पसललाई कारबाही गरेको हो।

विभागले त्रिपुरेश्वरमा रहेको शिरिष सप्लायर्सले थर्मल गन बढी मूल्यमा बिक्री गरेको पाइएको बताएको छ। त्यस्तै, त्रिपुरेश्वरकै इन्टरनेशनल प्याथो साइन्टिफिक ट्रेडर्सले सोडियम हाइपोक्लोराइड बढी मूल्यमा बिक्री गरेको पाइएपछि विभागले कारबाही गरेको हो।

दुवै पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) ३८ (ङ) को कसुरमा ३९ (१) (ख) बमोजिम २ लाख रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell