PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

डिआइजीको सरुवा तथा पदस्थापनः सहकुल थापालाई सिआइबी, धिरजप्रताप सिंहले पाए प्रदेश २ को कमाण्ड

डिआइजीको सरुवा तथा पदस्थापनः सहकुल थापालाई सिआइबी, धिरजप्रताप सिंहले पाए प्रदेश २ को कमाण्ड

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः दर्ज्यान्ही चिन्ह प्रदान गरिएका डिआइजीको पदस्थापन गरिएको छ।

नवनियुक्त डिआइजी सहकुल थापालाई केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को जिम्मेवारी दिइएको थियो। यसअघि व्यूरोमा डिआइजी नीरज शाहीले सिआइबीको नेतृत्व सम्हाल्दै आएका थिए।

त्यस्तै प्रदेश नम्बर १ को प्रहरी प्रमुखमा ईश्वरबाबु कार्कीलाई पठाइएको छ। प्रदेश नम्बर २ मा धिरजप्रताव सिंहलाई पठाइएको छ। यसअघि प्रदेश २ को कमाण्ड प्रधुम्म कार्कीले सम्हाल्दै आएका थिए। त्यस्तै बागमती प्रदेश प्रहरीको जिम्मेवारी वसन्तकुमार लामालाई दिएको छ। गण्डकीमा घनश्याम अर्याललाई पठाइएको छ।

डिआइजी रवीन्द्र धानुकलाई प्रदेश नम्बर ५ मा र सुदूरपश्चिममा उत्तमराज सुवेदीलाई खटाइएको छ। प्रहरी एकेडेमीमा ईश्वरजंग कार्कीलाई पठाइएको हो।

चैत ८ गते बसेको बढुवा समितिले १० जना एसएसपीलाई डिआइजीमा बढुवा गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell