PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले थाल्यो गृहकार्य



पहिलोपोस्ट

आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले थाल्यो गृहकार्य
फोटो : रासस (फाइल)।

काठमाडौं : कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृहकार्य थालेको छ। वैशाख १८ गतेसम्म बन्द गरिएका आन्तरिक तथा बाह्य उडानहरु कहिले खुलाउने भन्ने विषयमा सरकारले गृहकार्य थालेको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभित्र कोरोना संक्रमणको अवस्था र छिमेकी मुलुकहरुको अवस्थालाई ध्यानमा राखेर हवाई सेवा सञ्चालनको निर्णय हुने बताए। भारतसँग खुला सिमाना जोडिएकाले संक्रमणको जोखिम रहेको अवस्थामा त्यहाँ कोरोना भाइरसको प्रभाव र भारतीय सरकारले लिने नीतिमा पनि उडान सञ्चालन कहिले गर्ने भन्ने विषय निक्र्यौल गर्ने उनले बताए।

मन्त्री भट्टराईले भने, ‘वैशाख १८ गतेपछिको अवस्था कसरी विकास हुन्छ त्यसपछि निर्णय हुन्छ। संक्रमितको संख्या, छिमेकी मुलुकको अवस्था र भारत सरकारले लिने नीतिलाई मध्यनजर गर्दै खोल्ने/नखोल्ने निर्णय गर्छौँ। हतारिएका छैनौँ। मुख्य कुरा कोरोना भाइरस नियन्त्रण गर्ने हो।’

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत चैत २५ गते दोस्रो पटक १५ दिनको समय थप्दै वैशाख १८ सम्म अन्तर्राष्ट्रिय उडानहरु स्थगित गर्ने निर्णय गरेको थियो। अहिले आन्तरिक उडान पनि सोही समयसम्मका लागि बन्द गरिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell