PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

सचिवालय बैठकपछि नेकपा प्रवक्ता श्रेष्ठले भने, 'पिएमले अध्यादेश किन ल्याए, त्यो मलाई थाहा भएन'



प्रकाश भण्डारी

सचिवालय बैठकपछि नेकपा प्रवक्ता श्रेष्ठले भने, 'पिएमले अध्यादेश किन ल्याए, त्यो मलाई थाहा भएन'
फाइल फोटो

काठमाडौं : सरकारले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्र यसबारे विवाद सिर्जना भएको छ।

सोही विवाद समाधानका लागि नेकपाले आज सचिवालय बैठक डाक्यो। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा साँझ बसेको बैठक भर्खरै सकिएको छ।

बैठकमा के कस्ता विषयमा छलफल भयो त?

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेशबारे खासै छलफल नभएको बताए। उनले भने, 'विधिसम्मत छलफल हुन्छ। आजै गरेको निर्णय भएकाले त्यति छलफल भएन।'

सरकारले दुई अध्यादेश ल्याएकोमा श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धीको विधेयकबारेमात्र प्रतिक्रिया दिए। भने, 'अहिले संबैधानिक निकायमा रिक्त भएकाले सबैधानिक अध्यादेश ल्याएको भन्ने कुरा आयो।'

यी अध्यादेशबारे पार्टीमा फेरि छलफल हुने र राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएकोबारे भने आफू अनविज्ञ रहेको श्रेष्ठले दाबी गरे। भने, 'किन पिएमले ल्याए, त्यो थाह भएन मलाई।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell