PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लकडाउनमा घर तथा भवन निर्माण कार्य नरोकिनेः निर्माण सामाग्री र कामदारलाई सुरक्षित राखेर काम गर्न पाइने



दिनेश खड्का

लकडाउनमा घर तथा भवन निर्माण कार्य नरोकिनेः निर्माण सामाग्री र कामदारलाई सुरक्षित राखेर काम गर्न पाइने

काठमाडौः लकडाउनमै पनि जलविद्युत, खानेपानी, सडक, पुल, विमानस्थल लगायतका विकास निर्माणका काम धमाधम सुरु भएका छन्।

लकडाउन लम्बिएसँगै कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले सुरक्षाका मापदण्ड पूरा गरेर सामाजिक दूरी कायम गर्दै विकास निर्माणका कामहरु गर्न सकिने निर्णय गर्यो।

ठूलो स‌ंख्यामा कामदार प्रयोग गरेर मेलम्ची खानेपानी, माथिल्लो तामाकोशी जलविद्युत आयोजनालगायत निर्माण अघि बढाउने निर्णय गरिएको छ।

सडक विभागले यहि वर्ष नगरिनहुने एक सयभन्दा बढी आयोजनामा काम वर्षाअघि नै गर्नुपर्ने भन्दै उच्चस्तरीय समितिसँग स्वीकृत माग्यो। समितिले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर विकास निर्माणका काम अघि बढाउन निर्देशन दिइसकेको छ।

अहिले साना ठूला गरि करीब पाँच सयभन्दा बढी आयोजनाको काम भैरहेको छ। सिजनमै ब्रेक लागेको विकास निर्माण विस्तारै अघि बढाउन लागिएको छ।

लकडाउनका कारण धेरैले घर लगायत निजी संरचना पनि निर्माणधीन अवस्थामै रोकिएका छन्। घर बनाउनका लागि इँटा, गिटी, बालुवा, सिमेन्ट लगायत निर्माण सामग्री पनि उपलब्ध छन्। कामदार पनि तयार छन्। कतिपयमा काम आधा गरेर रोकिएको छ। कुनै कुनै काम ढलानमा पुगेर रोकिएको छ।

प्रहरीले काम भैरहेका केही स्थानमा समेत लकडाउन भन्दै काम रोक्न निर्देशन दिएपछि कामै हुन सकेको छैन। तर सरकारी संयन्त्रले भने घर बनाउन नरोकिएको जनाएको छ। सुरक्षाका मापदण्ड पुरा गरेर घर निर्माण गर्न नरोक्ने अनौपचारिक निर्देशन नै दिइसकिएको काठमाडौं जिल्ला प्रशासनका एक उच्च अधिकारीले भने।

कोरोना रोकथाम तथा नियन्त्रण सम्वन्धी उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायण विडारीले पनि स्वास्थ्यका मापदण्ड पुरा गरेर काम गराउन सकिने जानकारी दिए।

उनी भन्छन्, 'साइटमै कामदार आइसोलेसनमा बसेका छन् भने काम गराउन के गाह्रो भयो र? कामदार ओसारपसार गर्न भने पाइँदैन। स्यानिटाइजर, माक्स, पञ्जा लगायत प्रयोग गरि स्वास्थ्य मापदण्ड पूरा गरेर काम गर्न रोकिएको छैन।'

गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले पनि काम गर्न नरोकिएको बताए। तर काम कसरी गर्न दिने भन्ने कुरा भने ससर्त रहेको पनि बताए।

'निजी संरचना र निर्माणका काम गर्ने विषयमा औपचारिक निर्णय भएको छैन, तर स्वास्थ्यका मापदण्ड पुरा गरेर साइटभित्र निर्माण सामाग्री र कामदार छन् भने काम गर्न रोकिएको छैन' शर्माले भने 'बाहिर मोविलिटी बढाउन भने मिल्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell