PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

बिहानैदेखि उपत्यकामा वर्षा, यस्तो छ तीन दिनको मौसम



पहिलोपोस्ट

बिहानैदेखि उपत्यकामा वर्षा, यस्तो छ तीन दिनको मौसम
फाइल फोटो

काठमाडौं : सोमवार रातिदेखि नै देशका विभिन्न स्थानमा वर्षा तथा हावा हुरी चलिरहेको छ। काठमाडौं उपत्यकाभित्र रातिदेखि नै पानी परिरहेको छ। त्यस्तै सोमवार रातिदेखि आएको हावाहुरीका कारण बारा, पर्सा, रौतहटमा ठूलो क्षति पुगेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जन सहित वर्षा हुने जानकारी दिएको छ। त्यस्तै राति पनि वर्षा हुने छ।

त्यस्तै बुधवार पनि  देशभर आंशिकदेखि सामान्य  बदली  रहने छ। अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

बिहीवार दिउँसो पनि देशभर आंशिकदेखि सामान्य  बदली  रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वी भू-भागका थेरै  केही स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीवार राति भने देशभर आंशिकदेखि सामान्य बदली  रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वी भु-भागका थेरै  केही स्थानमा  मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell