PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

'टम एण्ड जेरी' निर्देशक जिन डिचको निधन



पहिलोपोस्ट

'टम एण्ड जेरी' निर्देशक जिन डिचको निधन

चर्चित कार्टुन 'टम एण्ड जेरी'का निर्देशक जिन डिचको निधन भएको छ। ९५ वर्षको उमेरमा प्रागस्थित आफ्नै घरमा उनी मृत भेटिएका हुन्। गत बिहीवार राती बिते पनि पारिवारले यस खबरलाई सोमवारमात्र सार्वजनिक गरेको हो।

उनले 'टम एण्ड जेरी'को १३ वटा श्रृङ्खला र 'पोपय'को पनि केही भाग निर्देशन गरेका थिए।

उनले अमेरिकी एयरलाइन्सका लागि ड्राफ्टम्यानका रुपमा समेत काम गरेका थिए।

सन् १९५९ मा प्रागमा बसाइ सरेपछि भने उनको करियरले बेग्लै मोड लियो। ठीक १ वर्षपछि उनले अस्कर अवार्ड जिते। बेस्ट एनिमेटेड सर्ट फिल्म विधाका लागि। उनको फिल्म 'मुन्रो'ले उक्त अवार्ड दिलाएको थियो। सोही विधाका लागि सन् १९६४ मा समेत मनोनित भएका थिए।

जिनकी श्रीमती र तीन छोरा छन्। उनको परिवारका सबै कार्टुनिस्ट हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell