PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

अमेरिकाले सहयोग रोकेपछि डब्लुएचओको प्रतिक्रिया : भाइरसलाई राजनीतिक अंक बटुल्न प्रयोग नगरौं



पहिलोपोस्ट

अमेरिकाले सहयोग रोकेपछि डब्लुएचओको प्रतिक्रिया : भाइरसलाई राजनीतिक अंक बटुल्न प्रयोग नगरौं

विश्व स्वास्थ्य संगठनले विभाजित राजनीतिका कारण कोरोना भाइरस पान्डेमिकलाई फैलिन बल पुगेको जनाएको छ।

कोभिड-१९ विरुद्ध विश्वको ऐक्यवद्धता नहुँदा कोरोना भाइरसलाई बल पुगेको डब्लुएचओका महासचिव टेड्रोस अधानोम घेब्रेयसुसले बताएका हुन्। उनले विश्वलाई कोभिड-१९ विरुद्ध एकसाथ मिलेर काम गर्न आग्रहसमेत गरेका छन्।

‘जनताबीचको दुरी र पार्टीहरुबीचको दुरीले यसलाई बल पुगिरहेको छ,’ जेनेभामा आयोजित प्रेस कन्फ्रेन्समा उनले भनेका छन्, ‘भाइरसलाई एक अर्काविरुद्ध लड्न तथा राजनीतिक अंक बटुल्नका लागि प्रयोग नगरौं। यो खतरानाक हो। यो आगोसँग खेल्नुजस्तै हो।’

विश्वव्यापी ऐक्यवद्धताविना हामीसँग अझै भयानक पान्डेमिक अगाडि रहेको उनले बताए। इथियोपियाका माइक्रोबायोलोजिस्टसमेत रहेका उनले यसअघि हत्याको चेतावनीसँगै नश्लीय विभेदको सामाना गरेका छन्।

‘यो भाइरस खतरनाक छ। यसले हामीबीच फाटो ल्याइरहेको छ,’ उनले भने, ‘हामीलाई विश्वव्यापी ऐक्यवद्धता आवश्यक छ जसले राष्ट्रिय एकतालाई पनि मजबुद बनाउने छ। राष्ट्रिय एकता र विश्वव्यापी ऐक्यवद्धताविना, विश्वास गर्नुस् हामीमाझ अझै भयानक अवस्था अगाडि छ। आउनुस् यो विछोडलाई टारौं।’

चीनको वुहानबाट तीन महिना अगाडि सुरु भएको यस भाइरसले विश्वभर एक लाख ६५ हजार बढीको ज्यान लिइसकेको छ। महामारी रोग विशेषज्ञहरुले यो संख्या अझै बढी रहेको बताउँदै आएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई अमेरिकाले दिँदै आएको फन्ड रोक्न निर्देशन दिएको छ दिन पछि महासचिव टेड्रोसको यस्तो प्रतिक्रिया आएको हो।

डब्लुएचओले ट्रम्पको घोषणाले दुखित बनाएको भन्दै कोभिड-१९ विरुद्धको अभियानका लागि आवश्यक पर्ने सहयोगको अभाव कम गर्न अन्य देशसँग आह्वान गर्ने प्रतिक्रिया दिएको छ।

अमेरिकाको सहयोग दुई वर्षको बजेट चक्रममा आउने र २०१८ र १९ को बजेटका लागि २३७ मिलियन डलर र थप ६५६ डलर स्वंमसेवी रुपमा सहयोग पुर्‍याएको थियो। जुन ४४६ मिलियन डलर प्रतिवर्ष भएको छ। जुन डब्लुएचओको कुल बजेटको १४.६७ प्रतिशत रहेको प्रवक्ता तारिक जासारेभिकले बताए।

सोमवार महासचिव टेड्रोसले डब्लुएचओले विकसित देशहरुलाई भाइरसले उनीहरुलाई ‘चकित’ पार्ने चेतावनी दिएकोसमेत बताए।

‘यस्तो गर्‍यो भनेर हामीले भनेका थियौं। आउनुस् थप चकित हुनबाट रोकौं,’ उनले भने, ‘कृपया एक भएर काम गर्नुस्। हामीलाई एकता आवश्यक छ। हामीले विछोड देखेका छौं। हामीलाई ऐक्यवद्धता आवश्यक छ। जुन इमान्दारिता र असल राष्ट्रिय एकतामा आधारित हुनुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell