PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

युरोपको अभ्यास : लकडाउन र त्रासबीच केही देशले अपनाए यस्तो लचकता



पहिलोपोस्ट

युरोपको अभ्यास : लकडाउन र त्रासबीच केही देशले अपनाए यस्तो लचकता
Photo Credit : CNBC.com

युरोप कोरोना भाइरसको चपेटामा छ। इटाली, फ्रान्स, स्पेन, बेलायत लगायत देश संक्रमणका कारण निकै प्रभावित रहे।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म इटालीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ८१ हजार २२८ पुगेको छ। त्यस्तै संक्रमणकै कारण २४ हजार ११४ जनाको मृत्यु भइसकेको छ।

स्पेनमा २ लाख २ सय १० मानिस संक्रमित भएका छन् भने २० हजार ८५२ जनाले संक्रमणकै कारण ज्यान गुमाए।

त्यस्तै, फ्रान्समा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० हजार २६५ पुग्यो। १ लाख ४५ हजार ४८० जनामा संक्रमण पुष्टि भएको छ।

बेलायतमा संक्रमितको संख्या १ लाख २५ हजार ८ सय नाघ्यो भने १६ हजार ५ सय ५० जनाले कोरोनाकै कारण ज्यान गुमाइसके।

जर्मनीमा भने १ लाख ४७ हजार संक्रमित छन् र ४ हजार ८ सय ६२ जनाको मृत्यु भएको छ।

तथ्याङ्कका अनुसार अमेरिका पछि युरोप सबैभन्दा बढी कोभिड-१९ प्रभावित छ। त्यसैले त्यहाँका अधिकांश देश लकडाउनमा छ। लकडाउन बीच केही देशका सरकार र प्रशासनले अन्य नियमित तथा आवश्यक गतिविधितर्फ पनि ध्यान दिएका छन्। आवश्यकता अनुरुप लकडाउनमा केही लचकता अपनाइएको छ त्यहाँ।  

जर्मनीमा लकडाउनलाई खुकुलो बनाउने प्रयास स्वरुप अत्यावश्यक सामाग्रीका पसल खोल्ने अनुमति दिइएको छ। युरोपमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यालाई नियन्त्रणमा राख्न सफल देश हो यो।

नर्वेमा बालबालिकाका लागि शैक्षिक संस्था खुला गरिएको छ। डेनमार्कमा भने सैलुनहरु खोल्ने छुट दिइएको छ।

इटालीमा भने लकडाउन अझै खुकुलो पारिएको छैन। सोमवार सार्वजनिक भएको तथ्याङ्क अनुसार पहिलो पटक नयाँ संक्रमितको संख्या न्यून रह्यो। तर, आइतबारको तुलनामा सोमवार संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या भने बढेको थियो। सोमवार ४ सय ५४ जना संक्रमितले ज्यान गुमाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell