PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

भारतीय राष्ट्रपति कार्यालयमा एक जनालाई देखियो कोरोना पोजेटिभ, १२५ परिवार आइसोलेशनमा



पहिलोपोस्ट

भारतीय राष्ट्रपति कार्यालयमा एक जनालाई देखियो कोरोना पोजेटिभ, १२५ परिवार आइसोलेशनमा

भारतको राष्ट्रपति कार्यालयमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

राष्ट्रपति भवनमा कोभिड १९ पोजेटिभ केस फेला परेपछि १२५ परिवारलाई आइसोलेशनमा राखिएको समाचार संस्था एएनआईले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको गाइडलाइन्सअनुसार उनीहरुलाई आइसोलेशन राखिएको बताइएको छ।

नवभारत टाइम्सका अनुसार प्रेसिडेन्ट एस्टेटमा आफ्नो परिवासँग बस्दै आएकी महिलामा कोरोना पोजेटिभ पाइएको हो। ती महिलाका पति राष्ट्रपति भवनमा अण्डर सेक्रेटरी लेभलका एक आइएएस अधिकारी मातहत काम गर्दै आएका थिए।

महिलालाई कोरोना पुष्टि भएपछि राष्ट्रपति कार्यालयका अधिकारी सेल्फ क्वारेन्टाइनमा बसेका छन्। महिलालाई उपचारका लागि आरएमएल अस्पतालमा भर्ना गरिएको छ।

उनका पति, छिमेकीसहित ११ जनालाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ। अन्य सय भन्दा बढी कर्मचारी जो महिलाका पतिको सम्पर्कमा थिए उनीहरुलाई पनि आइसोलेसनमा बस्न भनिएको छ। यो घटनापछि राष्ट्रपति भवनमा सतर्कता बढाइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell