PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध



पहिलोपोस्ट

अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेशमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणा गरेका छन्।

कोरोना भाइरसको संक्रमण महामारीले बजारमा संकटको स्थिति ल्याउँदा बेरोजगारी बढेपछि ट्रम्पले संयुक्त राज्य अमेरिकाका नागरिकको रोजगार बचाउन अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउन लागेका हुन्।

ट्रम्पको हस्ताक्षरले भिसा लागेका, तेस्रो देश शरणार्थी पुनर्स्थापनाका कार्यक्रमका आप्रवासी तथा पर्यटकले समेत प्रवेश पाउने छैनन्।

ट्रम्पले ट्वीटरमा भनेका छन्, 'अदृश्य शत्रुको हमलालाई मध्यनजर गर्दै र ग्रेट अमरिकी नागरिकको रोजगार बचाउनका लागि म अमेरिकामा आउने र बस्नमा रोक लगाउनसक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछु।'

यद्यपि यो आदेश कसरी कार्यान्वयन गरिन्छ भन्ने खुलाइएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell