PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

लकडाउन पालना गराउन फेसबुकको नयाँ रणनीति, ट्रम्पका छोराले गरे विरोध



पहिलोपोस्ट

लकडाउन पालना गराउन फेसबुकको नयाँ रणनीति, ट्रम्पका छोराले गरे विरोध
PHOTO : thoughtcatalog

सामाजिक सञ्जाल फेसबुकले सामाजिक/भौतिक दुरीका नियमको उल्लंघन गर्ने सबै गतिविधिमा प्रतिबन्ध लगाउने भएको छ।

कोरोना भाइरसको संक्रमण रोक्न अमेरिकामा लगाइएको लकडाउनको स्वतन्त्रताका नाममा विरोध भइरहेका बेला सोमबार फेसबुकले क्यालिफोर्निया, न्युजर्सी र नेब्रास्कामा आयोजित एन्टी-क्वारेन्टाइन कार्यक्रमहरुको लाइभ तथा पोस्ट हटाएको (रिमुभ गरेको) छ।

फेसबुकले सामाजिक दुरीका नियमको उल्लंघन गर्ने गतिविधिमा प्रतिबन्ध लगाउन अमेरिकाबाटै सुरुवात गरेको बीबीसीले जनाएको छ।

फेसबुकको यो कदमको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। केहीले यसलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लंघन भनी टिप्पणी गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराले पनि फेसबुकको यो कदमको आलोचना गरेका छन्।

स्वतन्त्रता कुण्ठित गरेको प्रश्न उठेपछि फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले महामारीको बेलामा फेसबुकले स्वतन्त्र बोली र जनस्वास्थ्यलाई जोगाउन सक्दो काम गर्ने स्पष्ट पारेका छन्।

यसका अलावा कोरोना भाइरससँग जोडिएका भ्रामक खबरहरु र गलत जानकारीविरुद्ध पनि तीव्र गतिमा निगरानी तथा कारवाही भइरहेको फेसबुकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell