कोरोना महामारीबाट संसारका अधिकांश देश लकडाउनमा छन्। यसको असर बलिउडमा पनि परेको छ। लकडाउनले फुर्सदमा रहेका कलाकारहरु घरबाटै सचेतना फैलाउन सक्रिय छन्।
पछिल्लो दिन सलमान खानले एक भिडियो सन्देश जारी गर्दै लकडाउनका नियम पालना गर्ने तरिका बताएका थिए। यसका अलावा उनले लकडाउनको उल्लंघन गर्नेको आलोचना पनि गरेका थिए।
सलमानसँगै बलिउड बादशाह शाहरुख खान पनि लकडाउनमा सक्रिय छन्। उनी सामाजिक सञ्जालबाट आफ्ना फ्यानसँग सवाल जवाफ गरिरहेका छन्।
ट्वीटरमा अहिले #AskSRK अर्थात 'शाहरुखलाई प्रश्न' ह्यासट्याग ट्रेण्डिङमा छ। यसअन्तर्गत शाहरुखले आफ्नो तरिकाले फ्यानलाई रोचक जवाफ दिएका छन्।
तपाई लकडाउनमा आफ्नो समय कसरी विताइरहनुभएको छ?
एक फ्यानको यो प्रश्नमा शाहरुखको जवाफ छ, 'जनसंख्या बृद्धि गर्न आफ्नो योगदानको बावजुद, तीन सन्तानको साथ हुनु एक सुखद उपचार हो। अलग-अलग उमेरका उनीहरुसँग केही/केही घण्टा गरेर दिन बितिरहेको छ। बाँकी दिन उनीहरुको खेलौना सफा गर्दैमा वित्छ!' शाहरुका दुई छोरा र एक छोरी छन्।
शाहरुख कोरोना भाइरससँगको लडाईंमा जित हासिल गर्नेमा विश्वस्त छन्। उनी लकडाउनका दिनमा आफूले सिकेको कुरा शेयर गर्छन्, 'तपाईको आफ्नो रफ्तारलाई थोरै पनि कम गर्न जरुरी छैन। दैनिक जीवनबाट पछि हटेर जीवन र प्रकृतिलाई हेर्ने र महसुस गर्नु आवश्यक छ।'
कोरोना भाइरसका कारण फिल्म इण्डस्ट्रीमा के असर पर्छ, लकडाउनपछि कति बदलिनेछ? भन्ने प्रश्नमा शाहरुख भन्छन्, 'म बुझ्छु कि हामीले पज (रोक्ने) बटन दबाउनुपर्नेछ... रिसेट गर्नुपर्नेछ र आफ्नो दुनियाँलाई फरवार्ड गरेर प्ले गर्नुपर्नेछ।'
पीएम फण्डमा कति पैसा दिएको भन्ने फ्यानको प्रश्नको जवाफ भने उनले दिएका छैनन्।
फिल्म स्क्रिप्ट धेरै पढ्नुभयो अब एकाध साइन पनि गरिदिन एक फ्यानले गरेको आग्रहमा शाहरुखको जवाफ छ, 'अरे साइन त गरिदिउँला... अहिले शूटिंग कसले गर्छ!!'
के तपाई राजकुमार हिरानी र सिद्धार्थ आनन्दसँग फिल्में गर्न लाग्नुभएको हो?
यो प्रश्नमा शाहरुख भन्छन्, 'के यो राम्रो होला कि! म स्क्रिप्ट तपाईंलाई पठाइदिन्छु। तनाव नलिनुस् मेरो भाई, म उनीहरुसँग धेरै फिल्म गर्नेछु।'
आमिर, सलमान, अक्षयले फिल्म बनाइरहेको तर तपाईं किन बहाना बनाइरहेको भन्ने प्रश्नमा उनले अब म के गरौं त? भनेर उल्टै प्रतिप्रश्न गरेका छन्।
अनुराग शर्मा नामका एक फ्यानले सोधे, 'मेरी भतिजी वेदिका अबराम (शाहरुखका छोरा)सँग प्रेम गर्छिन। के उनी अबरामसँग विहे गर्न सक्छिन्? उनी एक वर्षकी भइन्।' जवाफमा शाहरुखले भने, 'खुदा उनलाई ठीकठाक राखुन्। उनी निकै सुन्दर छिन्।'
अली असगर लखानी सोध्छन्, 'सर तपाईं इंग्लिश मिडियम वालालाई मात्र जवाफ दिनुहुन्छ, हिंदी वालालाई दिनुहुन्न।' यसमा शाहरुख भन्छन्, 'मिडियमलाई जवाफ नै दिन्न... म्याक्सिममलाई मात्र दिन्छु।'
@srk_cc ह्याण्डलबाट सोधिएको छ, 'हिजो राती सपनामा मैले गौरी (शाहरुखकी श्रीमती) सँग भेटेको थिए। हामी दुई तपाईंको बारेमा कुरा गरिरहेका थियौं। मैले तपाइसँग दुईपटक भेटिसकेको र फेरि भेट्न चाहेको कुरा उनलाई भने। उनी मलाई मन पराउँछिन्। तपाईले उनलाईं सलाम भन्दिनुहोला।' यसको जवाफमा शाहरुख भन्छन्, 'म उनलाई तपाईको सलाम सुनाउनेछु, जब उनी आज राती मेरो सपनामा आउनेछिन्।'
शाहरुख अहिले कोरोना भाइरसको महामारीबाट प्रभावित मानिसहरुको मद्दतका लागि प्रयास गरिरहेका छन्। साथै नागरिकलाई कोभिड १९ को बारेमा जागरुकता फैलाउन सक्रिय छन्।
उनले आफ्नो अफिसलाई होम क्वारेन्टाइन बनाउन नगरपालिकालाई अनुमति दिएका छन् भने पीएम केयर्स फण्डलाई र अन्य सहयोग पनि गरेका छन्। सहयोगका लागि महाराष्ट्र, दिल्लीका मुख्यमन्त्रीले प्रशंसा समेत गरेका छन्।
(बीबीसी हिन्दीबाट अनुवाद)
