PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

कोशी अस्पतालमा पीसीआरबाट परीक्षण गरिएका ६८ मध्ये ८ जनाको फेरि दोहर्‍याइँदै



पहिलोपोस्ट

कोशी अस्पतालमा पीसीआरबाट परीक्षण गरिएका ६८ मध्ये ८ जनाको फेरि दोहर्‍याइँदै

काठमाडौं : कोरोना भाइरसको संक्रमणको आशंकामा ६८ जनाको पीसीआर परीक्षण गर्दा ८ जनाको पोजेटिभ देखिएपछि पुन: परीक्षण गरिने भएको छ। कोशी अञ्चल अस्पतालमा भएको परीक्षणमा उदयपुर त्रियुगा नगरपालिकाका ८ जनामा पोजेटिभ देखिएको हो।

यसअघि त्रियुगा नगरपालिकामा रहेका १३ जनामा परीक्षण गर्दा कोरोना देखिएपछि उनीहरुसँग सम्पर्कमा आएका ६८ जनाको परीक्षण गरिएको थियो। जसमध्येका ८ जनामा कोरोना पोजेटिभ देखिएको हो। तर, पुनः परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको अस्पतालका एक चिकित्सले जानकारी दिए।

नेपालमा अहिलेसम्म ३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ४ जना उपचारपछि घर फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell