PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

बालबालिकाका लागि 'स्वरमाला'को गीति कार्टुन



पहिलोपोस्ट

बालबालिकाका लागि 'स्वरमाला'को गीति कार्टुन

काठमाडौं : बालबालिकका लागि सांगीतिक 'स्वर्णमाला' सार्वजनिक भएको छ। सिकाइ सहज र मनोरञ्जनात्मक बनाउने उद्देश्यले पुस्तक प्रकाशक नेपालयले गीति कार्टुनसहितको स्वर्णमाला युट्युबमार्फत् सार्वजनिक गरेको हो।

संगीतकार तथा गीतकार आभाससँगको सहकार्यमा तयार पारिएको सामाग्री लकडाउनका कारण घरमै रहेका बालबालिकाका लागि उपहार स्वरुप सार्वजनिक गरेको बताइएको छ।

'बालबालिकाहरू प्राकृतिक र रिदमिक हुन्छन्, त्यसैले उनीहरूलाई भाका र तालले छिट्टै आकर्षित गर्छन् र सजिलै नयाँ कुरा सिक्छन्; त्यही महसुस गरेर मैले शैक्षिक कुरामा पनि धुन भरेको हुँ। यो सिकाउने उत्तम शैली पनि हो। हाम्रो भाषामा यस्ता रचनाहरू अझ धेरै सृजना गर्नु जरुरी छ', सर्जक आभासले भने।

स्वरमालालाई रोचक बनाउनका निम्ति रचनाकार आभासले 'अक्कलमान' नामको चरित्र निर्माण गरेका छन्।

'अबाट उठ्छ नाम, अक्कलमान हुँ म, अग्लो पर्खाल चढेर, अम्बा टिप्छु म…' 

यसअघि नेपाली वर्णमालालाई पनि गीति कार्टुनका रुपमा सार्वजनिक गरिएको थियो। वर्णमालामा गायिकाहरू मीना निरौला र बेनुका राईले स्वर दिएका छन्। स्वरमालामा भने रचनाकार तथा संगीतकार आभासकै स्वर रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell