PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

मुम्बईस्थित एक सिनेमा हलका कर्मचारीलाई तलव दिने अक्षयको प्रस्ताव



पहिलोपोस्ट

मुम्बईस्थित एक सिनेमा हलका कर्मचारीलाई तलव दिने अक्षयको प्रस्ताव

भारतीय अभिनेता अक्षय कुमारले सिनेमा हलका कर्मचारीहरुका लागि आर्थिक सहयोग गर्ने प्रस्ताव राखेका छन्। मुम्बईस्थित गेइटी ग्यालेक्सी थिएटरका कर्मचारीहरुलाई लकडाउन अवधि भरको तलव दिने भन्दै अक्षयले हल मालिकलाई सम्पर्क गरेका हुन्। 

गेइटी ग्यालेक्सीका सञ्चालक मनोज देसाइले आफ्ना कर्मचारीलाई तलव दिनका लागि ऋण लिएको खबर सार्वजनिक गरेपछि अक्षयले सहयोग गर्ने बताएका हुन्। उनले अक्षयले आफूलाई फोन गरेर सहयोगको प्रस्ताव राखेको बताए। भने,'तर हामीले आफ्नो बुतामा समस्या समाधान गर्ने कोसिस गर्नुपर्छ।'

हाल हलका कर्मचारीलाई एक महिनाको तलव दिन आवश्यक रकम जम्मा भइसकेको बलिउड हंगामामा जनाइएको छ।

'तर हामीले दिर्घकालीन रुपमा सोच्नुपर्छ। पहिलो चरणमा तोकिएको लकडाउन अवधिपछि फिल्मको टिकेट दर बढाउने बारे सोचेका थियौं। तर लकडाउन लम्बिएला जस्तो छ', मनोजले भने।

देसाई मराठा मन्दिरका समेत सञ्चालक हुन्। यही हलमा फिल्म 'दिल वाले दुल्हनीया ले जाऐंगे' २५ वर्षसम्म प्रदर्शन गरिएको थियो। तर यस विपद्को घडीमा पनि उक्त फिल्म निर्माण कम्पनी यशराज फिल्म्सले कुनै किसिमको सहयोग नगर्दा देसाई निराश भएको बताइएको छ। भनेका छन्,'माग्न जान त सक्दैनौं।'

अक्षयले भने कोरोना भाइरसविरुद्धको लडाइमा विभिन्न आर्थिक एवं नैतिक सहयोग जनाउँदै आएका छन्। उनले पिएम केयर्स कोषमा मात्रै २५ करोड भारतीय रुपैयाँ जम्मा गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell