PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

थपिए एक कोराना संक्रमितः उदयपुरका ३३ वर्षीय पुरुषको परीक्षण पोजेटिभ, कूल ३२ संक्रमित



पहिलोपोस्ट

थपिए एक कोराना संक्रमितः उदयपुरका ३३ वर्षीय पुरुषको परीक्षण पोजेटिभ, कूल ३२ संक्रमित

काठमाडौँः नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उदयपुरका ३३ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको।

नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटा संक्रमण पुष्टि भएको बताए। योसँगै संक्रमितको संख्या ३२ पुगेको छ। चार जना उपचारपछि घर फर्किसकेका छन्।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीर र आरडीटीबाट ३४ हजार ७१९ जनाको परीक्षण गरिएको छ। २७ हजार ९५६ को आरडिटीबाट परिक्षण गरिएको छ। बाँकीको पीसीआर प्रणालीबाट परीक्षण गरिएको हो।

मन्त्रालयका अनुसार १०७ जना अहिले आइसोलेसनमा छन्। २६७ जना रेड जोनमा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell