PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कोरोनाबाट मृत्यु भएका डाक्टरको अन्तिम संस्कारमा अवरोध गर्ने २० जना पक्राउ



पहिलोपोस्ट

कोरोनाबाट मृत्यु भएका डाक्टरको अन्तिम संस्कारमा अवरोध गर्ने २० जना पक्राउ

भारतको तमिलनाडुमा एक वरिष्ठ डाक्टरको अन्तिम संस्कारमा अवरोध गर्ने कम्तीमा २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

डाक्टर सिमन हर्क्युलसको कोभिड १९ को संक्रमणबाट आइतबार मृत्यु भएको थियो। सोही राती उनलाई अन्तिम संस्कारका लागि मसानघाट (कब्रिस्तान) लगिएको थियो। घाटमा जम्मा भएको भिडले डाक्टरको परिवारमाथि लाठी र रडले आक्रमण गरेको थियो।

सो क्षेत्रका स्थानीयले डाक्टरको शव कब्रिस्तानमा गाड्दा कोरोना संक्रमण फैलिने अवरोध गरेको स्थानीय प्रहरीले जनाएको छ। आक्रमणमा संलग्न २० जनाविरुद्ध सोमबारै मुद्दा दर्ता भएको बीबीसी हिन्दीले जनाएको छ।

स्थानीयको अवरोधका बीचमा डाक्टरका परिवारजनले सोमबार विहानमात्र शव गुपचुप गाडेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell