PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

सरकारको निर्णयलाई बेमौसमी बाजाको संज्ञा दिँदै राजपाले भन्यो, ‘पार्टीलाई असर गर्दैन’



पहिलोपोस्ट

सरकारको निर्णयलाई बेमौसमी बाजाको संज्ञा दिँदै राजपाले भन्यो, ‘पार्टीलाई असर गर्दैन’
फाइल फोटो।

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले  सोमवार जारी भएको राजनीतिक दलसम्बन्धी व्यवस्थाको संशोधन अध्यादेशलाई बेमौसमी बाजाको संज्ञा दिएको छ। राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीले एक विज्ञप्ति जारी गर्दै पार्टी विभाजन गर्न ल्याइएको अध्याध्देश तत्काल खारेज गर्न माग गरेका छन्।

राजपाले विश्व नै कोरोनाको महामारीबाट थलिएको बेलामा गरिएको असामयिक र संवेदनहीन निर्णयले समग्र राजनीति नै कलंकित भएको निष्कर्ष पनि निकालेको छ। अध्यादेश जनभावना विपरित स्थिरता, स्थायित्व र आर्थिक समृद्धिको मान्यताविरुद्ध मुलुकलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भएको विज्ञप्तिमा उल्लेख छ। संवैधानिक परिषद्को अध्यादेशले विपक्षी दलको नेतालाई भुमिकाहीन बनाउने गरी र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र रचिएको बताइएको छ।

‘राज्यको हरेक ठाउँमा आपूखुशी निर्णय र नियुक्तिहरु गरी मुलुकलाई एकात्मकता, निरंकुशता र अधिनायकवाद तर्फ लाने मनसाय उदांगिएको छ। विधिको शासन र जनभावनाविरुद्ध संविधानको मर्म विपरीत सर्वसत्तावाद लाद्ने कुचेष्टा छताछल्ल भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

संयोजक भण्डारीले सरकारको निर्णयले पार्टीलाई कुनै प्रकारको असर नपर्ने दावी समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell