PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सरकारसँग आश्वस्त भएनन् नागरिक, झरीमा रुझ्दै गाउँ फर्कंदै

सरकारसँग आश्वस्त भएनन् नागरिक, झरीमा रुझ्दै गाउँ फर्कंदै

प्रवीण रानाभाट/पहिलोपोस्ट


एक महिनादेखि मुलुक लकडाउनमा छ। लकडाउन लम्बिँदै जाँदा दैनिक ज्यालदारीमा रहेका र विपन्न नागरिक मर्कामा परिरहेका छन्। लामो समयसम्म काम नहुँदा चुलो ठप्प हुने अवस्था बनिरहेको छ। बिहान बेलुकाको जोहो गर्न समस्या पर्न थालेपछि नागरिकहरु क्रमशः गाउँ फर्कन थालेका छन्। सरकारले यथास्थानमा खाने बस्ने व्यवस्था गर्ने बताए पनि नागरिक आश्वस्त भएका छैनन्। 

कोरोना कहरबीच नागरिक हिँडेर गन्तव्यमा पुगिरहेका छन्। पछिल्ला केही दिनयता स्थानीय सरकारको सहजीकरणमा कतिपय जिल्लाहरुमा जाने बसको व्यवस्था भइरहेको छ। 

केही यात्रुहरु आफैँ बस व्यवस्थापन गरेर रातारात गाउँ फर्किएका छन्। 

पूर्वी क्षेत्रका दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक लगायतका जिल्लामा जाने यात्रुहरुको चाप कोटेश्वर पूर्व निकै छ। मंगलबार साँझ पनि झरीमा रुझेर मानिसहरु गन्तव्यतिर लम्किरहेका छन्। लकडाउनका बीच पनि बस र मानिसहरुको भीड छ।  



ट्रेन्डिङ पोस्ट

Ncell