PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै फेसबुक लाइभबाट अफवाह फैलाउने पक्राउ



पहिलोपोस्ट

प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै फेसबुक लाइभबाट अफवाह फैलाउने पक्राउ

सप्तरी : शान्ति सुरक्षा र प्रहरीको छविमा आँच आउने गरी झुठो अफवाह फैलाएको अभियोगमा राजविराज नगरपालिका ४ बस्ने २६ वर्षीय दिवाकर कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

खडक नगरपालिका ६ बीरपुर बस्ने ६५ वर्षीया महिलाको सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको सम्बन्धमा दिवाकरले सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भनी झुठो अफवाह फैलाएका थिए।

प्रहरीकै बारेमा अफवाह फैलाएपछि खडक नपा ७ कुनैलीमोडबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell