PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

के लकडाउनपछि रोबोटको प्रयोगले बढी स्थान पाउँछ?



पहिलोपोस्ट

के लकडाउनपछि रोबोटको प्रयोगले बढी स्थान पाउँछ?

कोभिड १९ को महामारीका कारण चपेटामा परेको विश्वका लागि भविष्यमा रोबर्ट प्रयोग अर्को एउटा खतरा हो जसलाई कोरोना भाइरसको संकटबाट कसरी बच्ने भन्ने सोचले बिर्साएको छ। के कोरोना कहर सकिएसँगै विश्वमा रोबर्टको उदय हुनेछ ?

विश्लेषकहरुका अनुसार राम्रो या नराम्रो जे भए पनि विभिन्न प्रकारका जागिरमा अब रोबर्टले व्यक्तिको स्थान लिन देखिन्छ। त्यस्तै कोरोना भाइरसबाट उत्पन्न संकटले पनि यस दिशातर्फ प्रयास बढाइरहेको हो।

भविष्यविद् मार्टिन फोर्ड भन्छन्, ’मानिसहरुले प्राय: उनीहरुका केही गतिविधिहरुमा मानवीय भावना चाहिन्छ भनेको सुनिन्छन्। तर कोभिड १९ को प्रभावले यसलाई परिवर्तन गरिदिएको छ’। बीबीसीका अनुसार उनले आगामी दिनमा कसरी रोबर्ट अर्थव्यवस्थाको एक महत्वपूर्ण हिस्सा हुन्छ भन्ने बारेमा पनि उल्लेख गरेका छन्।

उनी भन्छन् ‘कोभिड १९ को प्रभाव उपभोक्ताहरुको प्राथमिकतालाई बदल्दै र अटोमेशिनका लागि नयाँ अवसर खोल्दै जानेछ’।

त्यसो त सबै सानाठूला कम्पनीहरुले भौतिक दूरी कायम गर्न रोबर्टको प्रयोग गरिरहेका छन् भने कार्यालयमा जान आवश्यक पर्ने कर्मचारीहरुको संख्यापनि घटाइ रहेका छन्।

अमेरीकाको सबैभन्दा ठूलो रिटेल कम्पनी वालमार्टले आफ्नो कार्यालय सफा गर्न रोबर्टको प्रयोग गरिरहेको छ। त्यस्तै दक्षिण कोरियामा तापक्रम मापन गर्न र स्यानिटाइजर वितरणका लागि रोबर्टको प्रयोग भइरहेको छ।

सन् २०२१ सम्म कार्यलय स्थलमा भौतिक दूरी आवश्यक पर्न सक्ने हुँदा रोबर्टको माग बढ्ने स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन्।

सरसफाइमा रोबर्टको सहयोग

सरसफाइ र स्यानिटाइजर उत्पादन गर्ने कम्पनिहरुमा रोबर्ट माग बढीरहेको छ। अल्ट्रावायलेट लाइटहरुले रोबर्ट बनाउने डेनमार्कको कम्पनी यूवीडी रोबर्टले चीन र यूरोपमा सयौंको संख्यामा रोबर्ट निर्यात गरिरहेका छन्।

त्यसैगरी विकसित राष्ट्रहरुमा किनारा स्टोर र रेष्टुरेन्टहरुले होम डेलिवरीका लागि रोबर्टको प्रयोग गरिरहेका छन्।

जसरी लकडाउन समाप्त भएपछि बजारहरु खुल्न सुरु हुनेछन्। त्यसरी नै हामी यस प्रविधिको अत्याधिक प्रयोगको  आशा गर्न सक्दछौं। जसले स्कूल र कलेजहरु सफा गर्ने सम्भावना रहेको विश्लेषकहरुको भनाइ छ।

त्यस्तै ‘द कस्टमर अफ द फ्यूचर’ पुस्तकका लेखक ब्लेक मोर्गन भन्छन् ‘सेवाग्राहीले आफ्नो सुरक्षालाई निकै ध्यानमा राखिरहेका छन्। उनीहरु काम गर्नेहरुको स्वास्थ्यको बारेमा पनि सोचिरहेका छन्। अटोमेशिनले ग्राहहरुको सोचलाई सार्थक बनाउन सक्छ। ग्राहकले यस्तो कार्य गर्ने कम्पनिहरुको सराहना समेत गर्नेछन्’।

त्यसो त मोर्गनले  पनि यसको सीमिततामा ध्यान दिने बताएका छन्। अटोमेशिनले खुद्रा बजारमा मानवको भूमिका कम गर्छ। त्यहाँ केही कार्यहरु हुन्छन् जसमा रोबर्ट सफल हुन सक्दैन सायद। किनकी टूट्ने फूट्ने जोखिम हुन्छ। यदी त्यस्तो भए पुन ग्राहकले रोबर्टमार्फतको सेवा मन नपर्ने र केवल मानवलाई मात्र विश्वास गर्न पनि सक्ने उनीहरुको भनाइ छ।

भौतिक दुरी कायम गर्नमा सहयोग

 खाद्य सेवा पनि पनि एक यस्तो क्षेत्र हो जहाँ रोबर्टको प्रयोग स्वास्थ्यसँग जोडिएको हुन्छ। यहि चिन्ताका कारण रोबर्टको प्रयोग बढ्ने सम्भावना छ। त्यसैले म्याक डोनाल्ड जस्तो फूड कम्पनीहरुले खाना पकाउन र वितरणका लागि रोबर्टहरुको प्रयोगको परीक्षण गरिरहेका छन्।

अमेजन र वालमार्टका गोदामहरुमा पहिले देखि नै रोबर्टहरु प्रयोग भइरहेका छन्। हाल कोभिड- १९ का कारण दुवै कम्पनीहरुले प्याकेजिंग र सामान ढुवानीमा रोबर्टको प्रयोग बढाउनेबारे पनि सोचिरहेका छन्।

त्यससँगै उनीहरुका गोदामहरुमा काम गरिरहेका मजदुरहरुको गुनासाहरुलाई कम गर्न सकिनेछ। किनकी  उनीहरु आफ्ना सहकर्मीहरुसँग सामाजिक दुरी कायम राख्न सक्षम नभएको कम्पनीहरुको भनाइ छ।

तर, विशेषज्ञहरुका अनुसार यसका कारण अधिकांश मानिसहरुको रोजगार जान सक्छ।

त्यसो त यदि एक पटक रोबर्टले कामदारहरुको स्थानमा रहेर सफलता प्राप्त गर्‍यो भने कम्पनीले त्यस ठाउँमा पुन कोही पनि कामदारलाई लिने सम्भावना कम हुन्छ। रोबर्ट निर्माण गर्न र यसको व्यवसायिक रुपमा प्रयोग सुरु गर्न बढी लागत लाग्ने हुन्छ। तर रोबर्ट तयार भएपछि भने रोबर्टको प्रयोग मानव श्रमभन्दा सस्तो हुने अनुमान छ।

मार्टिन फोर्टका अनुसार कोभिड-१९ पछि रोबर्टको प्रयोग बजारमा फाइदाजनक सावित हुन सक्छ।

उनी भन्छन् ‘ग्राहकहरु जहाँ कम मानिस र बढी मेसिनहरु छन् त्यहाँ जान मन पराउनेछन्  किनकी उनीहरुले त्यहाँ कम जोखिम महसुस गर्नेछन्’।

मानिस  र रोबर्टको काम बराबरी?

त्यस्ता सेवाहरु जहाँ  मानिसहरुलाई दिशा निर्देश गर्दै आइरहेका छन् ती संस्थाहरुको चाहिँ के हुन्छ।

आर्टिफिशियल इंटेलिजेन्स यसरी विकास भइरहेको छ की त्यसले स्कूलमा पढाउने शिक्षक, फिट्नेस प्रशिक्षक र वितीय कारोबारमा सल्लाह दिने व्यक्तिको स्थान ओगटी सकेको छ।

त्यस्तै प्रविधि क्षेत्रका ठूला कम्पनीहरुले कृत्रिम बौद्धिकताको प्रयोग बढाइरहेका छन्। भने फेसबुक र गुगल जस्ता कम्पनीहरुले पनि कुनै गलत पोष्ट हटाउन आर्टिफिशियल इन्टेलिजेन्सकै साहारा लिइरहेको पाइन्छ।

त्यसैले रोबर्टको सम्भावनालाई लिएर जो व्यक्तिलाई शंका छ उनीहरुलाई लाग्छ कि रोबर्टभन्दा मानिसहले नै रोजगारहरु धेरै हासिल गर्नेछन्। तर, यो चित्र बदलिन पनि सक्छ। किनकी लकडाउनका कारण मानिसहरु घरमै बसेर सुविधाहरु लिने र धेरै आरामदायी हुँदै गइरहेका छन्।

विशेषज्ञ म्याकिन्सले सन् २०१७को रिपोर्टमा अमेरिकामा एक तिहाइ कामदारहरु सन् २०३० सम्म अटोमेशिन र रोबर्टका कारणबाट आफ्नो रोजगार गुमाउने उल्लेख गरेका थिए। तर महमारीको यस्तो शक्ति हुन्छ कि  त्यसले समयले तय गरेको सबै सीमा परिवर्तन गर्न सक्छ। र अब विश्वसँग तालमेलगर्न कस्तो प्रविधि अपनाउने भन्ने बारेमा मानिसले नै फैसला गर्नुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell