PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

अमेरिकामा आप्रवासीलाई ६० दिन प्रवेश रोक, प्रतिबन्ध लम्बिन सक्ने ट्रम्पको घोषणा



पहिलोपोस्ट

अमेरिकामा आप्रवासीलाई ६० दिन प्रवेश रोक, प्रतिबन्ध लम्बिन सक्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ६० दिनसम्मका लागि 'ग्रिनकार्ड' प्रतिबन्धित रहने घोषणा गरेका थिए। उनले मंगलबार आप्रवासीलाई अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएका थिए। तर, उक्त आदेशमा के छ? भन्ने विषयमा विस्तृत जानकारी सार्वजनिक भएको थिएन।

तोकिएको प्रतिवन्ध अमेरिकामा पिआर खोजिरहेकामा लागू हुनेछ। कोरोना भाइरसको संक्रमण महामारीले बजारमा संकटको स्थिति ल्याउँदा बेरोजगारी बढेपछि ट्रम्पले संयुक्त राज्य अमेरिकाका नागरिकको रोजगार बचाउन अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउन लागेका हुन्।

कोरोनाका कारण २२ मिलियन अमेरिकीको रोजगार गुमेकोमा चिन्ता व्यक्त गरे।

यस निर्णय अस्थायी रुपमा आउने र काम गर्नेरुका लागि असर नगर्ने बताइएको छ।

विश्लेषकहरुले भने ट्रम्पले कोरोना भाइरसको विषयबाट आम मानिसको ध्यान मोड्न उक्त निर्णय गरेको बताएका छन्। किनकि अमेरिकामा हालसम्म ४५ हजार मानिसले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्। यस्तो अवस्थाबीच ट्रम्प भने लकडाउन खुकुलो पार्नेतर्फ जोड दिइरहेका छन्।

ट्रम्पले ह्वाइट हाउस ब्रिफिङमा उक्त आदेशमा बुधबार हस्ताक्षर गर्ने जानकारी दिँदै भने,'प्रतिबन्ध अझै केही समयका लागि लम्बिन सक्छ। अबको अर्थ व्यवस्थामा भर पर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell