
काठमाडौँः रामेछापको मन्थली नगरपालिकास्थित कुनाउरीमा बस दुर्घटना भएको छ।
लकडाउनमा काठमाडौँमा अलपत्र परेका मानिसलाई लिएर गएको बा २ ख ६८१८ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रोवीन्द्र पौडेलले जानकारी दिए।
बसमा रहेका ३५ जनामध्ये एक जना गम्भीर घाइते भएका छन्। बाँकीको सामान्य उपचारपछि घर फर्किएको निरीक्षक पौडेलले जानकारी दिए। गम्भीर घाइते भएका एक जनालाई उपचारको लागि काठमाडौं पठाइएको छ।
बिहान पौने ४ बजेतिर गाडी अन्यन्त्रित भई भीरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।