काठमाडौं: काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ९ सय ८८ जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। २ सय ४० जना महिलासहित ९ सय ८८ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो।
आज बिहान ६ बजेदेखि बिहान ८ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। नियन्त्रणमा लिई तीन घण्टा कोरोनाबारेमा शिक्षा दिने र छाड्ने गरेको छ। त्यस्तै १ सय ३१ वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ।
सरकारले लडकाउनको समयमा अत्यावश्यक कार्यबाहेक घरबाहिर ननिस्कन पनि सबैलाई आग्रह गरेको छ।