PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

ध्रुवीकरण बढिरहेका बेला ओली प्रचण्डले गरे सांसदहरुसँग सामूहिक छलफल



पहिलोपोस्ट

ध्रुवीकरण बढिरहेका बेला ओली प्रचण्डले गरे सांसदहरुसँग सामूहिक छलफल

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हालै जारी अध्यादेशबारे सांसदहरुसँग छलफल गरेका छन्।

प्रदेशगत रुपमा सुदूरपश्चिमबाट छलफल प्रारम्भ गरिएको हो।

प्रधानमन्त्री निवास वालुवाटारमा दुबै अध्यक्षले सामूहिक छलफल गरेका हुन्।

जारी अध्यादेश, पार्टी स्थापना दिवस, पार्टीका आगामी कार्यभार एवं कोरोनाविरुद्ध अभियान लगायतका विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

सरकारको सिफारिसमा हालै दुई अध्यादेश जारी भएपछि दलभित्र विवाद पनि देखिएको छ। राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश सोमबार जारी भएका थिए।

धुव्रीकरण बढेका बेला ओली प्रचण्डले पहिलोपटक सांसदसँग सामूहिक छलफल गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell