PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

लकडाउन पालना गराउन हिँडेका राजघाटका प्रहरी इञ्चार्ज कुटिए



रासस

लकडाउन पालना गराउन हिँडेका राजघाटका प्रहरी इञ्चार्ज कुटिए
फाइल तस्बिर

सर्लाही: लकडाउन पालना गराउने क्रममा प्रहरी चौकी राजघाटका इञ्चार्ज बिकारु मण्डलमाथि हातपात भएको छ।

लकडाउन उल्लंघन गरी जम्मा भएका युवालाई सम्झाइबुझाई गर्दा प्रहरी सहायक निरीक्षक मण्डलमाथि मङ्गलबार राति दुर्व्यवहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए।

मण्डललाई उपचारका लागि हरिवनको नमूना अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। सो घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell